Tuesday, June 14, 2016

सन्तोषी माताको आरती




म त आरती उतारु रे सन्तोषी माताको
म त आरती उतारु रे
जय जय सन्तोषी माता, जय जय माता !
बडो ममता छ, बडो प्यार छ माताको आखाँमा
माताको आखाँमा।
बडो करुणा माया दुलार माताको आखाँमा
माताको आखाँमा।
किन नहेरु म बारम्बार माताको आखाँमा
देखियोस हरघडी नयाँ चमत्कार माताको आखाँमा
नाचगरु छम-छम, झमा-झम्, झुम-झुम
झाँकी निहारु रे ओ ओ प्यारी-प्यारी झाँकी निहारु रे
सधै हुन्छ जय-जयकार माताको मन्दिरमा
माताको मन्दिरमा ।
नित झाँझरको होस् झन्कार माताको मन्दिरमा.
माताको मन्दिरमा।
सदा मजिरा गरछन् पुकार माताको मन्दिरमा
देखियोस् हरघडी नयाँ चमत्कार माताको मन्दिरमा
म त आरती उतारुरे जय जय सन्तोषी माता,
जय जय माता ! जय जय सन्तोषी माता!




यहाँ उहाँ जहाँ तहा नसोच कहाँ कहाँ छिन् सन्तोषी माता
मेरी सन्तोषी माता, मेरी सन्तोषी माता
जलमा पनि थलमा पनि चलमा पनि अचलमा पनि
अतलमा बितलमा पनि माता, अतलमा बितलमा पनि माता!
बडी अनोखी चमत्कारिणी यी महातारी, यी महातारी
राईलाई पहाड बनाउछ्यौ पहाडलाई राई
द्वार खुल्ला दरबार खुल्ला छन् जाओ बहिनि भाई!
यिनको दिलमा कबै दयाको आएन कमी
सुन रे भाई आएन कमी
पलमा निहाल गर्छिन् दुख निकालिदिन्छिन
झटपट कमाल पार्छिन् माता मेरी सन्तोषी माता!
यी आमामा जगदम्बामा गजबको छ शक्ति
चिन्तामा डुबेकाहरु हो ! गर यिनैको भक्ति
आफ्नो जीवन सुम्पिदेउ पाउने छौ मुक्ति
सुख सम्पतिकी दाता माता कम कहिले गरिदनन्
बिग्रेको बनाउनेवाली, दुख सब सिद्दाउनेवाली
कष्ट हटाउनेवाली माता मेरी सन्तोषी माता !
गिरजा-सुत गणपतिकी बेटी यी छन् भोली-भाली
देखि देखिकन यिनका मुखडा हर-एक दिशा कापी
आओ रे भक्त हो ! यी माता हुन् सबकी हम-जोली
जो माग्छौ तिमि पाउनेछौ भरिल्यौ रे झोली
सुन रे भाई भरिल्यौ रे झोली !
उज्ज्वल-उज्ज्वल, निर्मल-निर्मल, सुन्दर- सुन्दर माता
मेरी सन्तोषी माता!
यहाँ उहाँ जहाँ तहा नसोध कहाँ कहाँ छ्यौ मेरी सन्तोषी माता !!!





नरोउ नरोउ आज राधिके! सुनिल्यौ मेरो बात!
तिमि सुनिल्यौ मेरो बात ।।
जो दुखले घबडाउछन् ति त होइनन नेपाली नारी
नेपाली नारीका आखाँ सबभन्दा न्यारी
यिनका हर आसुमा चम्कन्छन् प्यारको फुलबारी
आशाको डोरीले बादिलेउ बेटी ! जीवनको लाचारी
जो दुखले घबडाउछन् ति होइनन् नेपाली नारी
नरोउ नरोउ आज राधिके ! सुनिल्यौ मेरो बात
आफ्नु मनमा दियो जलाई पार उज्ज्यालो 
दिलको उप्पर पत्थर धरिल्यौ रुनु हो कमजोरी
जो दुखले घबडाउछन् ति होइनन् नेपाली नारी ।।
कसको चल्यो जोर भाग्यमा राख तिमि भगवान – भरोसा
हर जीवन थालीमा प्रभुले दुख पनि छन् पस्केका
जो दुखले घबडाउछन् ति होइनन् नेपाली नारी ।।




गर्छु म तिम्रो ब्रत स्विकार गरिदेउ माता !
बिच धारमा अड्कि रहेछु बेडा पार गरिदेउ माता !
बेडा पार गरिदेउ माता !
हे माता सन्तोषी ! हे माता  सन्तोषी !
बसेकी छु बडो आशले तिम्रो दरबारमा ।
किन रोओस् तिम्री बेटी यो निर्दयी संसारमा ।
पल्टाईदेउ मेरो किस्मत, चमत्कार गर माता
बिचधारमा अड्किरहेछु बेडा पार गरिदेउ माता ।
मेरा लागि बन्द छन् दुनियाका सब बाटा !
कल्याण मेरो हुन सक्छ हे माता ! तिम्रो होस् त चाहा
चिन्ताको आगोबाट मेरो ! चिन्ताको आगोबाट मेरो
उद्धार गरिध्यौ माता !!
बिचधारमा अड्किरहेछु बेडा पार गरिदेउ माता !
बेडा पार गरिदेउ माता !
ए माता सन्तोषी, ए माता सन्तोषी !




दुर्भाग्यको दिवार आज तिमि हटाईदेउ ।
मातेश्वरी! सौभाग्य मेरो वापस गराईद्यौ ।
यौटी अभागिनी नारीसंग, यौटी अभागिनी नारीसंग ।
केहि प्रेम गरिल्यौ माता ।
बिचधारमा अड्किरहेछ बेडा पार गरिध्यौ माता ।
बेडा पार गरिध्यौ माता ।
मदद गर हे, मदद गर हे ।
मदद गर सन्तोषी माता, मदद गर सन्तोषी माता ।
मेरो इज्जतको सवाल हो माता । आज देखाउ आफ्नो नाता..
माता माता, मदद गर हे सन्तोषी माता ।
मेरो इज्जतको सवाल हो माता । आज देखाउ आफ्नो नाता
मेरो लागि जिन्दगी आज तरबारको धार बन्याछ..
मेरो लागि जीवनको हर गोरेटो अब अंगार बन्याछ ।
मलाई चितामा आज जलाईध्यौ, ए मेरी भाग्य-बिधाता माता माता !!
मदद गर सन्तोषी माता, मदद गर सन्तोषी माता !
मसित नरिसाउ जननी ! मेरो बिग्रेको बात बनाईध्यौ..
मेरो माथबाट कलङ्कको कालो दाग मिटाध्यौ !
कालो दाग मिटाध्यौ
तिमि बिनु अर्को कोही साहारा मेरो नजरमा छैन
मदद गर सन्तोषी माता, मदद गर सन्तोषी माता ।
हे जगदम्बा आऊ, मलाई दुनिया दिइरहेछ ताना, दिइरहेछ ताना
इम्तिहान लिन खडा छ दुस्मन बनि जमाना;
दुस्मन बनि जमाना
आज कुनै बदनाम नहोस् मेरो –तिम्रो नाता
मदद गर सन्तोषी माता, मदद गर सन्तोषी माता!!




जय सन्तोषी माता ! जय सन्तोषी मात!
यहाँ उहाँ जहाँ तहा नसोध कहाँ कहाँ छ्यौ मेरी सन्तोषी माता
ए मेरी सन्तोषी माता
बडो मन भावन निर्मल पावन प्रेमको यो प्रतिमा ।
यी देविका दयाको मैले अदभूत फल देखे ।
जो पलमै पल्टाईदिउन यी भक्तको खराब भाग्य-रेखा।।
बडी बलशाली ममतावाली ज्योतिपुञ्जकी माता ।
यी महतारी भावकी भोकी भक्त यिनलाई भाओस
भक्त यिनलाई भाओस ।
प्रेमपुर्बक जो यिनीकन पूजोस मन-वान्छित फल पाओस्
मंगल-करनी, चिन्ताहरनी, हर दु:ख भंजिनी माता !


Tuesday, November 18, 2014

Jai Santoshi Maa (जय सन्तोषी माता)

  Worshiping Santoshi Maa



Santoshi Mata ,the mother of contentment,is believed to be an incarnation of Mata Durga and is worshiped through out Nepal, India and abroad. Sanotshi Maa is considered to be a daughter of Shree Ganesha.

She is considered to have a calm nature and rewards her followers with happiness and peace in their life Mata Santoshi is a symbol of love, forgiveness, happiness and hope.
It is experienced that worshiping her with fasting for 16 consecutive Fridays brings peace,prosperity and good fortune in ones life. Santoshi Mata blesses  to come out of the crisis with one's determination.

  Pooja Guide




First gather the things required and then start the Pooja.
Things required for the Pooja:

Wednesday, July 17, 2013

Women, Mehendi & Green Bangles In Shrawan

 
The month of Shravan is in its peak now. This is the month, girls and women all are excited about painting their hands red with mehandi or Henna. Likewise, the women also opt to load their hands with green and red colour glass bangles. All these are done during this month, regarded auspicious for the married women.

Wednesday, May 1, 2013

About Santoshi Mata.....

सुख दाता, भाग्य बिधाता, माता जय जय सन्तोषी माता..... 




Name: Santoshi Maa
Santoshi Mata or Santoshi Maa is a relatively new goddess in the Hindu pantheon. She is venerated as "the Mother of Satisfaction". the meaning of her name.

Tuesday, October 23, 2012

Happy Dipawali / Tihar


 

WISHING ALL A VERY

HEARTY AND HAPPY DIWALI

GLOWING WITH PEACE, PROSPERITY, HAPPINESS, HEALTH & WEALTH..


May the festival of light encircle your life with Joy and Happiness. Let Success enter your doorsteps. With these good words I am sending my heartfelt wishes to one and all on Diwali and always.

 
 
Wish you all a very Happy Diwali and Prosperous New Year.
May this Diwali bring you loads of happiness in your life.
Avoid crackers and help environment...


Tihar (तिहार)(also called diwali in terai of Nepal) is a five-day hindu festival celebrated in nepal which comes soon after Dashain. Similar to Dipawali, where one day is celebrated for goddess Laxmi and the other one is celebrated to worship brothers for their long life. However, all ethnic groups celebrate this festival. The festival is celebrated from Trayodashi of Kartik Krishna to Katrik Shukla Dwitiya every year.The name Tihar means the festival of lights, where many candles are lit both inside and outside the houses to make it bright at night. The five-day festival is considered to be of great importance as it shows reverence to not just the humans and the Gods, but also to the animals like crow, cow and dog, who maintain an intense relationship with the humans.
 
1.  Kag Puja
5.  Bhai Tika