Tuesday, March 9, 2010

Some Interesting Nepali Jokes



रातको एक बज्यो पत्रिका तयार भयो तर अलिकति ठाउं बाँकी रह्यो त्यो ठाउं 
भर्न कुनै पनि समाचार नभएपछि समाचार सम्पादकले मुख्य सम्पादकलाई 
घरमा फोन गर्यो। उताबाट आवाज आयो ठाउं छ न्यूरोडमा आज एक ब्यक्तिलाइं 
मोटरले किच्यो भनेर लेख समाचार सम्पादक अझै ठाउं बाँकी रह्यो सम्पादक
त्यसो भए अस्पतालमा पुग्दा नपुग्दै उसको मृत्यु भयो भनेर जोडिदेउ समाचार 
सम्पादक एक वाक्यजति अझै थप्नुपर्ला जस्तो छ सम्पादक अच्छा त्यसो भए 
अन्तमा लेख पछि थाहा भयो यो समाचार हल्ला मात्र रहेछ ।
****************************************
शिक्षक:बजारमा चाडै यस्तो एउट कम्प्युटर आउँदैछ । यसका कतिपय स्वभावहरु 
ठ्याकै मान्छेसँग मिल्नेछन् ।
बिद्यार्थी: जस्तो ?
शिक्षक:जस्तो कि एउटा कम्प्युटरले गल्ती गर्यो भने त्यसको दोष 
अर्को कम्प्युटरमाथी थोपरिदिन्छ
****************************************


(दुई जना कमिला एक आपसमा गफ गर्दै)
पहिलो कमिला: ए साथी उता हेर त
एउटा हात्ती यता आउदैं छ
त्यसलाई  ठिक पार्ने हो ।
दोस्रो कमिलाः भैगो छोडिदिउ
बिचरो एक्लै छ ।
****************************************


एउटा मानिस लर्खराउँदै बारभित्र छिरेर म्यानजर सँग करायो म तिम्रो 
बारम्यानलाई कारबाही गर्छु छोड्दिनँ म्यानेजर किन
ग्राहक किनकि उसले मेरो कोट सडकमा फ्याँकिदियो
म्यानेजर मजाक गरेको होला यति सानो कुरामा किन रिसाउनुहुन्छ -
यो सानो कुरा होईन् ठुलो कुरा हो म्यानेजर किन र ग्राहक किनकि 
त्यो कोटभित्र म पनि थिएँ ।
****************************************
रसियाबाट आयात गरिएको एउटा थोत्रो हेलिकप्टरमा चढेर एक नेताजी 
माउण्टेन भिजिट गर्न गए ।
साझ खबर आयोः प्राबिधिक कारणले जहाज फोर्स लेण्डिंग गरियो ।
घाइते नेताजीलाई सोधियोः कसरी दुर्घटना भयो ?
नेताः माथी गएपछि एकदम चिसो भयो । फंखाले गर्दा होला भनेर 

माथीको पंखाको स्विच अफ गरिदिएको थिएं....ड्याङ्ग झरि पो हाल्यो ।
****************************************
टिचरः हिजो स्कुल किन नआएको ?
बिद्यार्थीः मम्मीले पिट्नु भएर सर ?
टिचरः किन पिट्नु भएको नि ?
बिद्यार्थीः आज स्कुल जान्न भनें, त्यसैले ।
****************************************
 
भन्छन्:  लोभले लाप लाप, लापले बिलाप । खप्परध्वज एउटा रेष्टुरेन्टमा 
पस्यो र एक प्लेट मम अर्डर गर्यो । वेटरले मम ल्यायो । टेवलमा राख्यो ।
दुर्भाग्य !  त्यसैबेला खप्परध्वजलाई ट्वाईलेट जानुपर्ने भयो!
आफ्नो मम कसैले नखाइ देओस् भनेर उसले एउटा नेपकिनमा यस्तो 

लेख्योः 'कि यो प्लेटको मम मैले थुकेको छु ।'
 वाथरुम गयो, फर्किएर आयो । अर्को नेपकिनमा कसैले यस्तो लेखेको रहेछः

'यो प्लेटमा मैले पनि थुकिदिएको छु ।'
जे होस्....मम खायो । भोलीपल्ट देखी डाइरियाले समातिहाल्यो ।
खप्पर पुग्यो डाक्टरकोमा ।
खपरः डाक्टर साब, पखाला रोकिएन । पानीजस्तो जान्छ ।
डाक्टरः यस्तोमा त कागती प्रयोग गर्नुपर्छ । गर्नुभएन ?
खप्परः गरेको डाक्टर साब । कागती प्रयोग गरुन्जेल रोकिन्छ, 

निकालेपछि फेरी पानीजस्तो जान थालिहाल्छ । 
****************************************

साउं अक्षरमात्र चिनेको गांउमा बस्ने बाउलाई शहरमा पढन बसेको 

छोराले चिट्ठी लेखेछ:
"खरच पठल त हम बचल खरच नपथल त भक मरल"
बाउ चांहीले तुरुन्त आ वा बाट जवाफ दिएछ:
"फसल नफल, पसल नचल, नगद जतन गर, खरच नगर, लभसभ नगर, 

नत्र बस चढ घर चल"।
****************************************


कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।। 

****************************************

नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।। 

****************************************

Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

****************************************


एउटा क्लासमा व्हेलको बारेमा कुरा हुँदैथियो ।
शिक्षकः: व्हेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन,

किन भने उसको घाँटी सानो हुन्छ ।
बिद्यार्थीः: तर, दिपक त जापान जाँदा त्यँहा व्हेलले निलेको रे ।
शिक्षकः: होइन, त्यो असम्भव छ ।
बिद्यार्थीः: त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु है त ।
शिक्षकः: अनि नर्क गएको रहेछ भने नि ?
बिद्यार्थीः: सरले सोध्नु नि ।

****************************************


हजुरबाः ए , डाक्टर साब । मेरो नाती एकदमै दुब्लो छ, डाक्टरले
भिटामिन खुवाउनु भनको छ , खै त्यो एउटा भिटामिन दिनोस् न है ।
औषधीवाला: कुन भिटामिन दिउँ ? भिटामिन ए बि सी ?
हजुरबाः: जुन दिएपनि हुन्छ बाबु, मेरो नातीले अक्षर चिन्ने होइन क्यारे ।

****************************************


श्रीमानः आज शनीबार हो, मलाई आनन्द लिन मन लागेकोले ३ वटा 
सिनेमाको टिकट ल्याएकोछु ।
श्रीमतीः तिनवटा ? तिनवटा किन नि ?
श्रीमानः एउटा तिमीलाई, बाँकी २ वटा तिम्रा आमा र बुबालाई ।  

 ****************************************


प्रश्नः पत्रिका धेरै बिक्री गर्न के गर्नुपर्छ ?
उत्तरः केवल २ चिज गर्नुपर्छ ।
प्रश्नः के के ?
उत्तरः पहिले पत्रिकाको कभरमा राम्री केटीको तस्विर छाप्नुपर्छ । 

प्रश्नः दोश्रो ?
उत्तरः कभरमा एउटी केटी, र केटीमा कुनै कभर हुनुहुन्न । 

****************************************


प्रेमिः त्यसो भए आज रातको १२ बजे हामी शहर छोडेर भाग्ने
हैन त डार्लिग ?
प्रेमिकाः हो डार्लिंग, आजरातको बाह्र बजे हामी यो शहर सधैका 

लागी छोडेर जादैछौ ।
प्रेमीः आर यु, स्योर ?
प्रेमिकाः ल, कस्तो नपत्याएको, मेरो श्रीमान सामान प्याकगर्न थाली 

सक्नुभएको छ ।
****************************************


एकजना मान्छे साडी बेच्दै थियो । त्यहिबेला हुरी चल्न थाल्यो ।
हुरी आउँदा मानछेको धोती नै उडाएर लगेछ।त्यसपछि चट्याङ पर्यो।
चट्याङ परेपछि त्यो मान्छेले चट्याङले फोटो खिचेजस्तै मानेर भनेछ॒:-
हे भगवान!तिमी यो धोती फुकालेर किन फोटो खिच्दैछौ ?
****************************************


काठमाण्डौबाट बिराटनगर जानेक्रममा चन्द्र निगाहपुरको एउटा 
होटलमा खाना खान गाडी रोक्यो ।
आधा घन्टासम्म पनि खाना नल्याएपछि दिक्क भएर मैँले भनेँ:

ए भाइ, कस्तो ढिलो हो ? अझै खाना तयार भएन ?
वेटरः खाना त तिन दिन अघि नै तयार भएको हो सर, 

तताउन मात्रै बाँकी छ। 
****************************************
  
एक दिन सिंहलाई घमन्ड चडेछ । जङंगलभरिका जनाबरलाई तर्साउदै
सोध्न थालेछ, ओइ भनत यो जङगलको राजा को हो ? सबै जना डराउदै 
हजुर नै हो भन्न थालेछन । एसो गर्दै उ हात्ती सामु पुगेछ र सोही प्रष्न सोदेछ । 
रिसको झोकमा हात्तिले सिहलाई सुड्ले बटरेर फ्यकेछ । रन्थनिदै उठेर
सिहले भनेछ: थाहा छैन भने छैन भने भैइहल्थोनी पछार नै पर्छ त ? ? ? ? ?
****************************************


भक्तः प्रभु,मलाई निरुता सिंहसंग बिहे गर्न इच्छा छ ।
भगवानः उसको साडी नै एकलाख रुपियाको छ, खर्च गर्न सक्छौ ?
भक्तः सारीमै एकलाख !!! त्यत्रो त सक्दिंन प्रभु ।
भगवानः त्यसो भए तिमी रेखा थापासंग कुरो गर  

****************************************


पहिलोः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर
मात्रै जान्छु, तिमी नि ?
दोश्रोः  म त तिमी हिडेपछिमात्रै ।

****************************************


शिक्षकः FORD (फोर्ड)  माने के हुन्छ  ?
बिद्यार्थीः गाडी .....।
शिक्षकः गुड । अनि OX अक्स, अक्स माने ?
बिद्यार्थीः गोरु ।
शिक्षकः गुड । यसरी नै तिमीहरु राम्रो अंग्रेजी पढ्दै गयौ भने 

अक्सफोर्डमा पढ्न सक्छौ । अक्सफोर्ड भनेको थाहा छ ?
बिद्यार्थीः अक्सफोर्ड भनेको गोरुगाडी सर ।

****************************************
(कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउदै)
शिक्षकः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?
बिद्यार्थीः
सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाज 

नलागेपछि मलाई के को लाज !
****************************************


दूइजना कुखुराचोरहरु बिचबाटोमा भेट भएछन।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् ?दोश्रोः 

छन् अलि अलि ।
पहिलोः भन् न भन् ।
दोश्रोः ल.....तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै  लैजा ।
पहिलोः त्यसो भए.......पांचबटा हुन पर्छ ।  

****************************************


एक महिला आफ्नो बोकेर बसमा चढिन् ।
ड्राइभरः ओ हो कस्तो नराम्रो बच्चा हो यो ? 

जिबनमा मैले यस्तो नराम्रो बच्चा
              देखेको थिएन ।
महिला गएर सिधै सिटमा बसिन् र छेउमा बसेको मानिसलाई भनिन्:
महिलाः यो ड्राइभर कस्तो रहेछ भने, मलाई कस्तो इन्सल्ट गर्यो ।

कस्तो नराम्रो बच्चा पो भन्छ ।
पुरुषः गएर एक झापट हान्नोस् न, 

खै ल्याउनोस् तपाईँको बाँदर म समाइदिन्छु ।
****************************************
 
आफ्नो बिबाहको २५ औँ बर्ष मनाइसकेपछि, 
गोपालजीको आखामा आशुको एउटा ढिक्का खस्यो ।
श्रीमतीः प्राण, किन आशु खसाल्नु भाको ?

२५ बर्षको सुखदा दाम्पात्य जिवन सम्झेर भावुक बन्नु
 भएजस्तो छ, हो ?
श्रीमान्: होइन पियारी, म हाम्रो बिबाह भन्दा अगाडीको

दिन संझदैछु। तिम्रो बाले त्यतिखेर मलाई धम्कीदिदै भनका थिए,
फेरी मेरी छोरीलाई भेट्ने प्रयास गरिस् भने २५ बर्षजेलमा सडाइदिन्छु ।
तिमीसँग बिहे नगरेको भए भोलीदेखी म स्वतन्त्र मानिस हुन्थेँ । 
****************************************


एउटा जहाजमा ३ जना मानिस यात्रा गरिरहेका थिए । 
नेता , हास्यकलाकार र सानो बालक । जहाज ३४ हजारको उचाईमा
पुगेपछि पाइलटले एनाउन्स गरेः एटेन्सन प्लिज, जहाजमा प्राबिधिक
गडबडी उत्पन्न भएको छ, अबको १० मिनेट पछाडी जहाज खस्दैछ । 
हामीसंग मात्र २ वटा प्यारासुट छन्, आफ्नो भाग्यको फैसला 
आफै गर्नुहोला..यति भनेर पाइलट प्यारासुटबाट फाल हान्यो, 
जहाजमा बांकी रहे ३ जना
नेताः मजस्तो नेताको आवस्यतका छ, मचाही जान्छु ।

(फाल हान्छ )
बुद्धः बाबु, मैले जिन्दगी भोगीसकें, तिमी जाउं, त्यो प्यारासुटबाट ।
बाबुः अंकल २ वटा नै प्यारासुट छन् नि, हाम्रा लागी त ।
बुद्धः पाइलट त २ वटा मात्रै छन् भन्थे, एउटा त नेताले लगिसके ।
बालकः नेता अंकल त झुक्किएर मेरो स्कुल ब्याग भिरेर फालहान्नु 

भएको नि ।  
****************************************


पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा 
आलु आउला जस्तो छ । पिंकीः किन गोबरको थाप्रो जस्तो 
अनृहार लगाउँछेस् त,एसएलसि पास नगरे पनि सिनेमा 
हिरोइन त पक्का हुन्छेस ।  
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको 
फोननंबर खोज्नतिर लाग्छृ । एसएलसिमा गोलखाडी 
जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,
डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् ।  
स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।
****************************************


 छोरोः बा, म तपाईको आमासित बिहा गर्छु है ।
 बाबुः  धत् लाटा, के भनेको त्यस्तो ?
 छोरोः अनि हजुरले चाहीँ मेरो आमासँग विहे गर्नुभएको त ???



******************************************************************************

 

No comments:

Post a Comment

If you like this article, please share with your friends and/or comment or suggest us on the box below. Thank you